शुक्रबार, कार्तिक २९, २०७६ | Friday, November 15, 2019

काठमाडौँ
प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको राजीनामा स्वीकृत किन भएन ? गम्भिर द्विविधाको अवस्थामा ओली !   * दुग्ध विकास संस्थानमा जागिर खुल्यो, ठूलो संख्यामा कर्मचारीको माग (सूचनासहित)   * विप्वल समूहका इञ्चार्ज पक्राउ   * नायिका रेखा थापाको हात समातेर पछयाउँदै पशुपति शमशेर जबरा   * बंगुरको विर्य बेचेर नेपालमै करोडको कमाई   * कालापानी फिर्ताका लागी अन्तराष्ट्रीय अदालत जाने आधार भेटियो   * देउवाले दिए कडा निर्देशन, भारतविरुद्ध चुइक्क नबोल्न उर्दी   * भगाएर विवाह गर्दा किशोर पक्राउ   * कसरी घटाउने कोलेस्ट्रोल ?   * पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्यो विज्ञापन, ६१ जनाको लागि अवसर   *
शुक्रबार, कार्तिक २९, २०७६ Friday, November 15, 2019
प्रदेश

‘सरकारको नेतृत्व ओलीले र पार्टीको नेतृत्व प्रचण्डले गर्नुहुन्छ’

२९-भाद्र-२०७६ | ०६:१६:५० pm

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गरि पार्टीभित्र छलफल अघि बढेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले अध्यक्षद्धय ओली र प्रचण्डबीच कार्यविभाजन हुने बताए ।

उनले भने,‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ ।

यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’

उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको सुनाए ।

उनले भने,‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं ।

हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं ।’

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए ।

उनले भने,‘जनताले आफूले भनेजस्तो अनुभुति गर्न नसकेको कुरा केही सत्य हो ।

तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’

उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको सुनाए ।

जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ ।

त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको सुनाए ।

विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए । उनले भने,‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो । अघोषित रुपमा वार्ता भैरहेको छ ।’

त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार मौलाएको भनेरपनि आवाज सुनिएको सुनाए ।

उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे ।

सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवाहरुलाई मन्त्री बनाउने थापाले जनाए ।

Leave a Reply

सम्बन्धित समाचार