महावै गाउँपालिकाको निर्माण कार्यमा अनुसन्धान, झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा

जिल्ला कालीकोट, महावै गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी
रकम भुक्तानी लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिका कालिकोटले आ.व. 2075/076 मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्वाई 820 मिटर, चौडाई 4 मिटर र कडा चट्टान काटिएको परीमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर फिल्डमा सडकको वास्तविक लम्वाई ५२० मिटर, चौडाई औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण 169.80 घनमिटर मात्र देखिएको हुँदा यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको रु.३८,७६,२७०।- (अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ) बढी भुक्तानी गरी आफूहरुलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुर्‍याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरुउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।