आज २८ औँ राष्ट्रिय चिया दिवस मनाइँदै

 राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा आज (वैशाख १५ गते) काठडमौँमा मुल समारोह गर्दै मनाइँदै छ। चिया कृषक, उद्योग, मजदुर, व्यवसायी एवं चियाका पारखीहरूको सहभागितामा विभिन्न कार्यक्रम गरिने भएको हो ।

दिवसकाे विषयमा जानकारी गराउँदै बोर्डका निमित कार्यकारी निर्देशक दीपक खनालले नेपाली चियाको दिगो बजारीकरण गर्न भारतीय बजारको विकल्प खोज्न पनि ढिलो गर्न नहुने बताएका छन्।

उनले चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए ।

आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार नेपालमा कुल २० हजार २३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने यस अवधिमा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको बोर्डले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधीमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ ।