सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने जो भएपनि कारवाही हुन्छ: गृहमन्त्री

२८-भाद्र-२०७६ | ०८:४०:५६ am

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो चरणको अभियान अन्र्तगत बाँकेको खजुरा गाउँपालिका २ सितापुरमा भएको कार्यक्रममा आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कारवाही गर्ने बताएका छन् ।

उनले आक्रमणमा सम्लग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जानकारी समेत दिए ।

घटनाका दोषीलाई कारवाही गर्न र शान्ति सुरक्षा कायम गर्न माग गर्दै विहान कांग्रेसले बुझाएको ज्ञापनपत्र बुँदै गृहमन्त्री थापाले कानुन विपरित जाने जुनसुकै दलका कार्यकर्ता भएपनि कारवाही गर्ने बताएका हुन ।

‘कांग्रेसले बाँकेको सितापुरमा आयोजना गरेको कार्यक्रममा आक्रमण गर्ने जुन सुकै दलका कार्यकर्ता भएपनि उनीहरुलाई कारवाही हुन्छ’ ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भनेको भनाई उध्रित गर्दै कांग्रेस काठमाडौं सभापति सवुज बानियाले भने ‘प्रहरीले घटनामा सम्लग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइसकेको छ ।

उनीहरुलाई कानुन अनुसार हदैसम्मको कारवाही हुन्छ ।’ घटनाको विरोधमा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा विहान ८ बजे गृहमन्त्री मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो ।

नेकपा कार्यकर्ताको आक्रमणमा परि कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाचिएको थियो । बाँके प्रहरीले विहिबार भएको आक्रमणको घटनामा सम्लग्न भएको आरोपमा निर्मल खत्री, लोकबहादुर शाही र रोशनसिंह ठकुरीलाई शुक्रबार साँझ पक्राउ गरिसकेको छ ।

यता हात भाचिएकी कोइरालाका छोरा सुधाम्सुले ज्यान मार्ने अभियोगमा १० जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

सुधाम्सुले खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्ल, मुमबहादुर ओली, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री, लोकबहादुर शाही र सुनिल भनिने पुरा नाम नखुलेका ब्यक्तिलगायत विरुद्ध किटानी जाहेरी आएको बाँके प्रहरी प्रमुख विरबहादुर ओलीले जानकारी दिए ।

घटनाबारे जानकारी लिन आज दिउसो कांग्रेस सभापति शेरबहादुर देउवा बाँके जादैछन् । उनले हिजो दाङमा भएको कार्यक्रममा आक्रमण गर्नेलाई कारवाही नहुँदासम्म सदन चल्न नदिने बताएका थिए ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार