प्रधानमन्त्री ओलीलाई प्रचण्ड माधव समूहले पठाए संविधान पुस्तक

काठमाडौँ नेकपा प्रचण्ड माधव समूहले संसद विघटनको विरोधमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ओलीलाई संविधान पुस्तक पठाएको छ ।

काठमाडौँ कमिटीले शुक्रबार जुलुससहित प्रधानमन्त्री ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो ।पार्टी इन्चार्ज सावित्रा भुसालका अनुसार प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा काठमाडौंवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको बताएकी छिन् । उनका अनुसार प्रधानमन्त्री ओलीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उपलब्धीको रुपमा रहेको गणतन्त्रात्मक व्यवस्थालाई ध्वस्त पार्ने निरंकुश कदम चालेको जानकारी दिएकी छिन् ।

संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको पार्टीका सचिव हिमाल शर्माले बताए ।पार्टी सचिव हिमाल शर्माका अनुसार संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ लैजान खोजेको बताएका छन् ।