कर्णालीमा थप १ सय ५ कोरोना संक्रमित
काठमाडौं- कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३८ जना रहेका छन् । जसमा १० जना कर्मचारी, ६ जना विद्यार्थी, तीनजना सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङ्ग रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।
त्यस्तै जुम्लाका २१ जना, कालीकोटका १३ जना, दैलेखका १० जना, सल्यानका सातजना, मुगुका दुईजना र अन्य प्रदेशका १४ जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३हजार ६सय ५६ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप १०३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३०४२ पुगेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया