सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

काठमाडाैँ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ ।
सेजनको आज सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष ओलीले ९९ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सिरोमनि ढुङ्गानाले ९६ मत ल्याउनुभएको छ । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभयो । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित हुनुभएको छ ।
सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।

विशेष अदालतमा कुँवरको सक्रियताः कार्यभार सम्हालेको भोलिपल्टै चर्चित मुद्दाको फ…

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

दुर्गा प्रसाईंका समर्थकले एनआईएमबीका सहायक म्यानेजर पनेरुमाथि अभद्र व्यवहार

बिहानै महोत्तरी किन पुगे प्रधानमन्त्री ‘प्रचण्ड’?

सर्तअनुसार काम नगर्दा ५ कम्पनी कालोसूचीमा

जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

प्रतिक्रिया