कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उत्तम विक्लप : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त बिकल्प र अबसर भएको बताएका छन् । आज पर्साको बिरगंजमा आयोजित बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको बिषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए ।
प्रचण्ड र ओलिको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपा भित्रको अन्तरबिरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो । ब्यक्ती परिबर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिबर्तन गर्नुपर्नेमा जोड दिए । आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने ू हामी आफै देश बनाउन सक्छौ, राप्रपा लाई बिश्वास गर्नुस हिन्दुराष्ट्र दिन्छौ, राजसंस्था दिन्छौ। बिकास र समृद्धि दिन्छौ।
थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी बिप्लब,काङ्ग्रेस कम्युनिस्ट,मधेशबादी सबै अट्ने ब्यबस्था राप्रपाको चाहना भएको बिचार ब्यक्त गरे । कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजिब पराजुलीले मधेश र मधेसी जनताको हक हित र बिकासको निमित्त राप्रपा नै आबश्यक भएको बताए ।केन्द्रिय सदस्य नगिना यादब र जिल्ला अध्यक्ष सोमेश्वर यादब लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नुहुनेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । कार्यक्रम पछि जिल्ला केन्द्रीय सदस्य यादबको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ स…
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
प्रतिक्रिया