जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा दुई जना पक्राउ
कास्की - पोखरा महानगरपालिका-६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।
उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
प्रतिक्रिया