अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था र कार्यक्षमताबारे फेरि एकपटक बहस चर्किएको छ । बुधबार अमेरिकी प्रतिनिधिसभाको वैदेशिक मामिला समितिको सुनुवाइका क्रममा विदेशमन्त्री मार्को रुबियो र डेमोर्क्र्याट सांसद टेड लिउबीच तिखो भनाभन भएको हो ।
सुनुवाइका क्रममा टेड लिउले विभिन्न भिडियो क्लिप प्रस्तुत गर्दै ट्रम्प आधिकारिक बैठकका क्रममा निदाइरहेको देखिएको जिकिर गरे । उनले एक क्याबिनेट बैठकको भिडियो देखाउँदै ट्रम्पका आँखा बन्द भएको र टाउको निहुरिएको देखिएको बताए । त्यति बेला उनको छेउमा बसेका विदेशमन्त्री मार्को रुबियो बोलिरहेका थिए ।
सरकारी बैठकका क्रममा ट्रम्प निदाइरहेको विषयमा लिउले रुबियोलाई प्रश्न गरेका थिए । जवाफमा रुबियोले भने, “यो पूर्ण रूपमा गलत हो । मैले उहाँ (डोनाल्ड ट्रम्प)लाई कहिल्यै निदाइरहेको देखेको छैन । वास्तविकता के हो भने उहाँ निकै कम सुत्नुहुन्छ । उहाँ मलाई राति २ बजे र बिहान ५ बजे पनि फोन गर्नुहुन्छ ।”
त्यसपछि लिउले अर्को भिडियो देखाउँदै ट्रम्प क्याबिनेट बैठकका क्रममा झकाइरहेको जिकिर गरे । उनले युद्ध र शान्तिजस्ता गम्भीर विषयमा छलफल भइरहेका बेला राष्ट्रपति निदाइरहेको आरोप लगाए ।
रुबियोले यी दाबी लगातार अस्वीकार गरिरहे । उनले ट्रम्प कुनै पनि ‘ब्रिफिङ’का क्रममा कहिल्यै ननिदाएको र यस्ता आरोप बेतुका तथा हास्यास्पद भएको बताए ।
रुबियोले ट्रम्प दिनरात लामो समयसम्म काम गर्ने र विभिन्न विदेश भ्रमणका क्रममा आफूले उनलाई पूरै उडानभरि जागै रहेको देखेको उल्लेख गरे ।
यहीक्रममा टेड लिउले तिखो प्रतिक्रिया दिँदै भने, “झुट बोलिरहनुस् ! बस्, झुट बोलिरहनुस् ।”
उनले कामका क्रममा ट्रम्प जागा रहन नसक्नुले उनको स्वास्थ्य र मानसिक क्षमतामाथि गम्भीर प्रश्न उठाउन सकिने बताए ।
ट्रम्पको स्वास्थ्यका विषयमा किन भइरहेको छ चर्चा ?
७९ वर्षीय ट्रम्पको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल र राजनीतिकवृत्तमा बहस चलिरहेको छ । राजनीतिक टिप्पणीकार ब्रायन क्रासेनस्टिनले हालै एउटा भिडियो साझा गर्दै उनको अनुहार सुन्निएको देखिएको जिकिर गरेका थिए ।
अर्कोतर्फ, टेड लिउले पनि सामाजिक सञ्जालमा ट्रम्प कथित रूपमा झकाइरहेको भिडियो साझा गरेका छन् ।
ह्वाइट हाउसले भने राष्ट्रपतिको स्वास्थ्यका विषयमा उठाइएका प्रश्नहरूलाई खारेज गरेको छ । हालै वाल्टर रिड राष्ट्रिय सैन्य चिकित्सा केन्द्रमा गरिएको स्वास्थ्य परीक्षणपछि जारी रिपोर्टमा ट्रम्पको स्वास्थ्य अवस्था ‘उत्कृष्ट’ रहेको र उनी राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्न पूर्ण रूपमा सक्षम भएको उल्लेख छ ।
ह्वाइट हाउसका चिकित्सक शन बार्बेलाका अनुसार, ट्रम्पको मुटु, फोक्सो र न्युरोलोजिकल कार्यप्रणाली सामान्य र सुदृढ पाइएको छ । उनको हातमा देखिएका दागहरू लगातार मानिससँग हात मिलाउने र एस्पिरिनको नियमित प्रयोगका कारण भएको उल्लेख गरिएको छ । खुट्टामा देखिएको हल्का सुन्निने समस्या गत वर्षको तुलनामा सुधार भएको पनि रिपोर्टमा जनाइएको छ । हिन्दुस्तान टाइम्सबाट ।
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
प्रतिक्रिया