शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता
काठमाडौं- प्रदेश १ का सांसद तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता भएकाे छ ।
बालिका खड्काले अरुको उक्साहटमा परी मुख्यमन्त्री राईविरुद्ध मुद्दा दर्ता गरेको स्वीकारी मुद्दा फिर्ता लिएकी हुन् ।
उनले गत फागुनमा राईकी श्रीमती हुँ भनी जिल्ला अदालत काठमाडौंमा अंश माग गरी मुद्दा दायर गरेकी थिइन् ।
शेरधन राईसँग अंश माग गर्न र श्रीमान् श्रीमतीको नाता कायम हुन सक्ने आफूसँग कुनै आधार प्रमाण नभएकाले मुद्दा फिर्ता लिएको फिराद पत्रमा उल्लेख गरेकी छन् ।
साथै उनले वास्तविक रुपमा श्रीमान् श्रीमतीको कुनै पनि सम्बन्ध नरहेको हुँदा यसरी नाता कायमै हुन नसक्ने भएपछि आफूले लिएको अंश दाबी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएकाले मुद्दा फिर्ता लिएको स्पष्ट पारेकी छन् ।
गत २०७६ फागुन १६ गते दोलखाकी खड्काले दायर गरेको मुद्दामा मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना, यौन दुव्र्यवहारको प्रयास गरेको भनी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।
बालिकाले मुख्यमन्त्री आफ्नो पति भएकाले मुद्दामा आधा अंशसमेत मागेकी थिइन्।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया