अवैध लागूऔषध सहित पक्राउ
सुनसरी - ईटहरी उपमहानगरपलिका-६ खेतिखोला छेउबाट करिब २ ग्राम ८ सय ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय सुजन कार्की ढोलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा लागूऔषध किनबेच गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सिआरभि बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा - धनगढीमाई नगरपालिका-१३ डुम खोला नजिक खेतबाट करिब ११ किलो अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानबाट अवैध लागूऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त गाँजा फाली केही व्यक्तिहरु फरार भएका थिए । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया