विभिन्न हातहतियार सहित दुई जना पक्राउ
स्याङजा - पुतलीबजार नगरपालिका-७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भिम बहादुर ठकुरीलाई विभिन्न हातहतियार सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, सो को २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको छ । ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।
स्याङजा - पुतलीबजार नगरपालिका-७ मोहरिया बस्ने ओम बहादुर हमाललाई १ थान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुक, ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पट्का जस्तो देखिने बस्तु, ८० थान केप र १२ थान छर्रासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।
दुवै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
प्रतिक्रिया