बाग्लुङको ढोरपाटनकाे घटनाप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त
काठमाडाैँ-बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिराबाट १४ जनाको मृत्यु, तीन दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज प्रेस विज्ञप्तिजारी गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरे ।
सभापति देउवाले पहिरामा परी जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण र शोक सन्तप्त परिवारजनजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
उनले सम्पर्कविहीन हुन पुगेकाको खोजी कार्यलाई तीव्र पार्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
प्रतिक्रिया