हवाई यातायात सेवालाई सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउन ६ बुँदे निर्देशन

काठमाडौं। हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयान प्राधिकरण क्यान ६ बुँदे निर्देशन दिएको छ।

शुक्रबार (हिजो) विज्ञप्ति सार्वजनिक गर्दै क्यानले प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई यातायात सेवालाई सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालन प्रतिको व्यवसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्ने उद्देश्यले प्राधिकरणले ६ बुँदे निर्देशन दिएको जानकारी गराए।

विज्ञप्तिमा क्यानले हेलिकप्टरबाहेक अन्य वायुयानले भीएफआर फ्लाइट गर्दा विमानस्थलमा जमिनको सतहबाट कम्तीमा पाँच सयदेखि एक हजार फिटको उचाई अनिवार्य कायम गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्थाबाट अनिवार्य चेक गर्नुपर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा प्राधिकरणको निर्णय जस्ताको तस्तै :