परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : आज पहिलो दिन के गरे ?
चीनको चार दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल आज बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज बिहान बेइजिङ पुगेका हुन् ।
उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
आज अपराह्न परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको दूतावासले जनाएको छ ।
कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरेका छन् । साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरे ।
यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए । साथै, उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्द्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
दुबईका बैंकहरूमा वर्षौंदेखि ठूलो मात्रामा इरानको निक्षेप
प्रधानमन्त्री शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरे
बालेन सरकारले ३१ वर्षअघिको फाइल खोलेपछि चौतर्फी प्रशंसा
सभापति लामिछाने को पहलमा सुरु गरिएको यो अभियानलाई रास्वपाले संगठनभित्र पा…
कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्…
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइसम्बन्धी नयाँ व्यवस्…
प्रतिक्रिया