धनगढीमा विवादित घटना: डिभिजन वन कार्यालयका कर्मचारीमाथि टेम्पो भिरबाट खसालेको आरोप
धनगढीस्थित डिभिजन वन कार्यालयका कर्मचारीमाथि एक गरिब परिवारको जीविकोपार्जनको आधार रहेको टेम्पोलाई भिरबाट खसालिएको आरोप लागेको छ। स्थानीयका अनुसार सडक छेउमा पानी र चाउचाउ बेचेर गुजारा चलाउँदै आएको परिवारको टेम्पो कर्मचारीहरूले जबरजस्ती धकेलेर भिरबाट खसालेका हुन्।
पीडित परिवारका अनुसार टेम्पोभित्र रहेका सामान झारेर लैजान समय माग्दै हात जोडेर बिन्ती गर्दा पनि उनीहरूको कुरा नसुनी टेम्पोलाई धकेलिएको थियो। उक्त टेम्पो नै परिवारको मुख्य आम्दानीको स्रोत भएको बताइएको छ।
घटनापछि टेम्पो पूर्ण रूपमा क्षतिग्रस्त भएको र परिवार अहिले आर्थिक संकटमा परेको जनाएको छ। उनीहरू न्यायको माग गर्दै सम्बन्धित निकायमा पुगेका छन्।
घटनाबारे सामाजिक सञ्जालमा भिडियो र तस्बिरहरू फैलिँदै जाँदा कर्मचारीहरूको व्यवहारप्रति प्रश्न उठ्न थालेको छ। स्थानीय तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
कांग्रेस संस्थापन पक्षले इतर पक्षलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव सार्वजनिक
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
सदनमा गगन थापाको उपस्थिति नहुँदा अभाव महसुस भएको सांसद खुस्बु ओलीको भनाइ
प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…
धरानको पानी योजनामा हर्क साम्पाङलाई श्रेय दिन नहुने दाबी, ‘बालेनको प्रतिबद्धत…
रास्वपा बागमतीको सभापति उत्सव अर्याल २ मत अन्तरले विजयी
प्रतिक्रिया