विश्वकपको पहिलो खेलमा अमेरिकाको फराकिलो जित
काठमाडौं । विश्वकपको पहिलो खेलमा अमेरिकाले विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा भएको खेलमा पारग्वेविरुद्धको खेलमा अमेरिकाले ४-१ ले जित हात पारेको हो । अमेरिकाले ३२ वर्षपछि घरेलु मैदानमा विश्वपक खेलेको हो ।
खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो । अमेरिकाका वेस्टन म्याडनीले दिएको पास पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाको खुट्टा ठोक्किएर गोल हुन पुगेको थियो ।
खेलको ३१ मिनेटमा अेमेरिकाका फ्लोरियन बलागुनले गोल गरे । पहिलो हाफमा थपिएको पाँच मिनेटमा बलागुनले दोस्रो गोल गरे । उनी अमेरिकाका लागि विश्वकपमा दुई गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् १९३० मा बर्ट प्याटनुडेले उक्त स्कोर गरेका थिए ।
खेलको ७३ औँ मिनेटमा पाराग्वेका लागि मौरिकोले गोल फर्काएपछि खेल ३-१ को अवस्थामा पुगेको थियो । दोस्रो हाफको अन्तिम क्षणमा अमेरिकाका जियोभानो रेनाले गोल गरेपछि खेल ४-१ मा टुंगिएको हो ।
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुबै …
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
नेपाली भूमिमा हतियारसहित प्रवेश गरेका भारतीय एसएसबीलाई स्थानीयले लखेटे
प्रतिक्रिया