बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उनको भनाइ छ ।
चालकको शव दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताए ।
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
ट्याक्टर भिरबाट खस्दा १८ वर्षीय चालकको मृत्यु
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुबै …
प्रतिक्रिया