ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३५६ जनालाई कारबाही गरिएको हो ।
खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुबै …
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
नेपाली भूमिमा हतियारसहित प्रवेश गरेका भारतीय एसएसबीलाई स्थानीयले लखेटे
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना, ४०० उद्योगलाई सहुलियतपूर्ण…
इंग्ल्यान्ड फुटबल टोलीको प्रशिक्षण सामग्री चोरी
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
प्रतिक्रिया