आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

 स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छन् ।

उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् । वैद्यखानाको सुधारका लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन् ।

वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन, औजार उपकरण र जनशक्तिको विवरणसहित तत्काल पेस गर्न मन्त्री मेहताले सुझाव दिइन् । उनले वैद्यखानाको समग्र सरसफाइ तथा व्यवस्थापनमा प्रभावकारिता ल्याउन निर्देशन दिइन् ।

मन्त्रालयका सचिव डा विकास देवकाटाले वैद्यखानाबाट उत्पादन हुने आयुर्वेद औषधि गुणस्तरीय रहेको भन्दै अझ क्षमता बढाउनुपर्ने बताए ।

वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले वैद्यखानाबाट उत्पादन हुने औषधि र खाद्यपूरक पदार्थका बारेमा मन्त्री मेहतालाई जानकारी गराए । उनले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पुर्‍याइएको बताए ।

उनले अहिले वैद्यखानाबाट १०३ प्रकारका औषधि उत्पादन भइरहेको भन्दै सरकारले सहयोग गरेमा उत्पादन अझ बढाइने बताए ।

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिए

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाए  : अमरेश कुमार सिंह

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने आदत लागेका कारण म फसेँ

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती : ज्ञानेन्द्र शाही

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी