काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा सातको मृत्यु, १७ घाइते
काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको अरनिको यातायातको बस बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए ।
प्रहरीका अनुसार बसमा २५ देखि ३० जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा घाइते भएका १७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको र अन्य घाइतेहरूको उद्धार तथा खोजी कार्य जारी छ।
घटनास्थलमा प्रहरी, स्थानीयवासी र उद्धारकर्मीको टोली परिचालित भएको छ। मृतक र घाइतेहरूको पहिचान खुलाउने तथा दुर्घटनाको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग
शुक्लाफाँटा आरक्षपीडितका लागि रविको एक कल, जसले बन्ने भयो अध्ययन टोली
तस्बिर खिचेर जीविका चलाउँदै ‘जिनियस’
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
नवनियुक्त राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
सेनाले सैनिक कल्याणकारी कोषको पुराना प्रमाण खोज्दै छ : प्रधानसेनापति
जनमत पार्टीको महाधिवेशन असोजमा
प्रतिक्रिया