धनकुटामा बस दुर्घटना, ११ जना घाइते
धनकुटाको धनकुटा नगरपालिका-९ स्थित च्याङच्याङबारीमा बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
संखुवासभाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई बिहीबार दिउँसो साढे २ बजेतिर दुर्घटनामा परेको हो।
१५ जना सवार उक्त बस सडकमै पल्टिएपछि तत्कालै स्थानीय प्रहरी चौकी मूलघाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट टोली परिचालन गरिएको थियो।
दुर्घटनामा परेका ११ जना सामान्य तथा मध्यम घाइतेहरूलाई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडकखण्डमा अहिले एकतर्फीरूपमा सवारी साधन सञ्चालन गराइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा सुनसरीको धरान उपमहानगरपालिका-११ की २८ वर्षीया सबिता थापा र उनकी १६ वर्षीया छोरी आरुसि थापा रहेका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की २६ वर्षीया अमृता तामाङ, उनकी ३ वर्षीया छोरी सृयान्सी तामाङ, कानेपोखरी गाउँपालिका–६ का ४७ वर्षीय चक्रबहादुर तामाङको बायाँ हात र खुट्टामा चोट लागेको छ।
दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिका-१ की ३४ वर्षीया अनिसा कटुवाल, ११ वर्षीया पवित्रा कटुवाल र धर्मदेवी-३ की १५ वर्षीया संजिला खत्री पनि घाइते भएका छन्।
त्यसै गरी, धनकुटाको महालक्ष्मी नगरपालिका-६ की २५ वर्षीया संगिता राई र धर्मदेवी-१ बस्ने ३५ वर्षीय बसका सहचालक इन्द्रबहादुर तामाङ घाइते भएका छन्। घाइतेमध्ये अमृता तामाङबाहेक अन्य सबैको अवस्था सामान्य रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शुक्लाफाँटा आरक्षपीडितका लागि रविको एक कल, जसले बन्ने भयो अध्ययन टोली
तस्बिर खिचेर जीविका चलाउँदै ‘जिनियस’
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
नवनियुक्त राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत
काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा सातको मृत्यु, १७ घाइते
सेनाले सैनिक कल्याणकारी कोषको पुराना प्रमाण खोज्दै छ : प्रधानसेनापति
जनमत पार्टीको महाधिवेशन असोजमा
प्रतिक्रिया