गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ। शुक्रबार अपराह्न ५ बजेबाट सुरक्षा समिति बैठक जारी छ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा जारी बैठकमा चार वटै सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थिति छ। वालेन्द्र शाह नेतृत्वको सरकारमा मंगलबार दोस्रो पटक गृहमन्त्री बनेका गुरुङले सुरक्षा समितिको बैठक डाँकेका हुन्।
गत वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। गृह मन्त्रालय पनि प्रधानमन्त्रीले सम्हाल्दा मुलुकको पछिल्लो शान्ति सुरक्षा लगायतका विषयमा सुरक्षा निकायकाका प्रमुखले विभागीय मन्त्रीलाई जानकारी गराउन पाएका थिएनन्।
गुरुङ गृहमन्त्रीमा दोहोरिएपछि पहिलो पटक आज बैठक बसेको छ।
काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा सातको मृत्यु, १७ घाइते
सेनाले सैनिक कल्याणकारी कोषको पुराना प्रमाण खोज्दै छ : प्रधानसेनापति
जनमत पार्टीको महाधिवेशन असोजमा
धनकुटामा बस दुर्घटना, ११ जना घाइते
कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह
धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
प्रतिक्रिया