काभ्रे दुर्घटना : ज्यान गुमाउनेको संख्या ८ पुग्यो
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
रूस र युक्रेनकाे सीमा क्षेत्रमा भएकाे आक्रमणमा ३ जनाको मृत्यु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन
दिगो शान्ति सम्झौताका लागि प्रयास दोब्बर बनाउन अमेरिका र इरानलाई आह्वान
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
प्रतिक्रिया