जासुसी गरेको आशङ्कामा चीनमा एक अमेरिकी अनुसन्धानकर्ता पक्राउ
चीनले जासुसी गरेको आशङ्कामा एक अमेरिकी अनुसन्धानकर्तालाई पक्राउ गरेको जनाइएको छ ।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार उक्त व्यक्तिलाई ‘जासुसी’ गरेको तथा ‘राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको’ आरोपमा नियन्त्रणमा लिइएको पुष्टि गरेको हो ।
पक्राउ परेका व्यक्ति म्यानमारको राजनीति, स्रोतसाधन र द्वन्द्वसम्बन्धी अध्ययन गर्ने थिंक ट्याङ्क ‘इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड पोलिसी–म्यान्मार (आईएसपी–एम)’ का संस्थापक मिन जिन रहेको बताइएको छ । अमेरिकी तथा म्यानमारको दोहोरो नागरिकता भएका उनलाई जुनको सुरुआतमा हिरासतमा लिइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका थिए ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मिन जिनमाथि आपराधिक अनुसन्धानअन्तर्गत कारबाही भइरहेको र उनको पक्राउबारे ग्वाङझाउस्थित अमेरिकी महावाणिज्य दूतावासलाई जानकारी गराइएको बताए ।
सन् २०२१ को सैनिक ‘कू’ पछि गृहयुद्धमा फसेको म्यानमारसम्बन्धी अध्ययन गर्ने अनुसन्धानकर्ताको गिरफ्तारी चीन–अमेरिका सम्बन्ध सुधारको प्रयास भइरहेका बेला भएको हो । यसैबिच म्यानमारका राष्ट्रपति मिन आङ ह्लाइङ जुन १५ देखि १९ सम्म चीन भ्रमणमा जाने कार्यक्रम सार्वजनिक भएको छ ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
सरकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन…
सार्वजनिक कम्पनी बन्यो इलोन मस्कको स्पेसएक्स, तर नियन्त्रण मस्ककै हातमा रहने
ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई निय…
काठमाडौं उपत्यकाका अव्यवस्थित तार व्यवस्थापन तीव्र बनाइँदै
यस्तो छ परराष्ट्रमन्त्रीको चीन भ्रमणको तालिका
मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने :अर्थमन्त्री वाग्ले
प्रतिक्रिया