घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज
पछिल्लो समय यहाँका सेवाग्राहीको हुलाकसँग विश्वास बढ्दै गएको छ ।
यहाँस्थित इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयले जनताका घरघरमा राहादानी पुर्याउन थालेपछि हुलाकसँग स्याङ्जावासीको विश्वास बढेको हो ।
नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सयदिने कार्यक्रमअन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट हुलाकमा राहदानीहरू पठाउने र हुलाक कार्यालयमार्फत घरदैलोमै राहादानीलगायत अन्य जनताका आवश्यक कागजाज पुर्याउन थालिएको स्याङ्जाका प्रमुख हुलाक अधिकृत गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
हुलाकको यो सेवा सरल, सहज र सर्वसुलभ भएकाले पछिल्लो समय हुलाकप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ हल्लेखोलाकी मञ्जु रानामगर, हरिनास गाउँपालिका–१ सालडाँडाकी भविसरा थापा, अर्जुनचौपारी गाउँपालिका–१ का खुतबहादुर क्षेत्रीले केही दिनअघि हुलाकका कर्मचारीमार्फत घरमै राहदानी पाउँदा खुसी लागेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला हुलाक कार्यालय स्याङ्जाबीच वैशाख २८ गते सेवाग्राहीका घरमै पुगी सेवाग्राहीलाई राहादानी हातमा नै दिने सम्झौता भएको थियो ।
–––
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
सरकारी अस्पतालमा बिरामीका भार
सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको घटनामा सरकारको प्रतिक्रिया
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णयहरू
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
प्रतिक्रिया