हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू शरणार्थीलाई प्रशिक्षण दिन बंगलादेश प्रस्थान
हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू रोहिंग्या शरणार्थी समुदायलाई चेस प्रशिक्षाण दिनका लागि विहीबार बंगलादेश प्रस्थान गरेकी छन् ।
राष्ट्रिय खेलकुद परिषदमा बोर्ड सदस्यको पद वहाली गरेलगत्तै खम्बू बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।
स्पोर्टस् फर होप एन्ड इन्डिपेन्डेन्सले विश्व बुद्धिचाल महासंघ (फिडे) को सहकार्यमा कक्सबजारस्थित रोहिंग्या शरणार्थी समुदायमा हुने प्रशिक्षण एक साता चल्नेछ ।
कार्यक्रममा फिडेकी डेपुटी चेयर डाना रिजनिस र फिडे कमिसन फर वुमेन्स चेसकी प्रमुख अनस्तेसिया सोरोकिना पनि सहभागि हुँदैछन् ।
फिडे इन्स्ट्रक्टरसमेत रहेकी खम्बूलाई फिडेले चेस फर प्रोटेक्सनका लागि प्रशिक्षक नियुक्त गर्दै बंगलादेश पठाएको हो ।
पहिलो महिला राष्ट्रिय च्याम्पियन रहेकी उनलाई युवा तथा खेलकुद मन्त्रालयले वुधबार राखेप बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
बाख्राले दिलाएको सम्मान र सन्तुष्टि
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
प्रतिक्रिया