बाख्राले दिलाएको सम्मान र सन्तुष्टि
यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ ।
विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताउनुभयो ।
“पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ । घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन । सम्मान र सन्तुष्टिका लागि बाख्रापालनलाई निरन्तरता दिएको हो ।”
पोर्चुगल जानुअघि मल्लले २०६८ सालमा रघुगङ्गा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा, कुखुरापालन, मासु पसल सञ्चालन गर्दै आउनुभएको थियो । हाल ९१ वटा बाख्रा भएको मल्लको फार्मबाट वार्षिक २५ देखि ३० वटा खसीबोका बिक्री हुन्छ ।
खसीबोकाकै हाराहारीमा पाल्नका लागि उन्नत जातका पाठापाठी पनि किसानले लैजाने गरेका छन् । उहाँको फार्ममा स्थानीय जमुनापारी, सिनाल र बोयर जातका बाख्रा छन् । फार्ममा उहाँका परिवारका दुई जना सदस्यबाहेक थप दुई जनालाई रोजगारी दिनुभएको छ ।
मासुका लागि प्रतिकिलो रु छ सय र नश्ल सुधार गरेका पाठापाठीलाई प्रतिकिलो रु आठ सयदेखि एक हजारका दरले गोठबाटै बिक्री हुने गरेको मल्लले बताउनुभयो । उहाँका अनुसार फार्ममा करिब रु ५० लाखभन्दा बढी लगानी भएको छ ।
उहाँले घरवरपर प्रशस्त पाखोबारी भएकाले चरनमा आधारित बाख्रापालन गर्नुभएको छ । खोरभित्र उमेर समूहअनुसार पाठापाठी, माउ बाख्रा, खसीबोका राख्ने छुट्टाछुट्टै कोठा छन् । गलेश्वर र बेनी उहाँले उत्पादन गरेका खसीबोकाको बजार हुन् । व्यापारी गोठमै आएर खसीबोका किनेर लैजान्छन् ।
विदेशमा स्थायी बसोबासको अवसर हुँदाहुँदै पनि मल्लले जन्मथलो फर्केर बाख्रापालनलाई निरन्तरता दिएकाले कृषि क्षेत्रमा अवसर र आत्मसन्तुष्टि दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ । स्थानीय स्रोतसाधन, पाखोबारी र चरनको सदुपयोग गरेर रोजगारी सृजना, आयआर्जन र उद्यमशीलता विकास गर्न सकिने उहाँको सन्देश छ ।
“युवापुस्तासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने मेरो प्रयास हो”, मल्लले भन्नुभयो, “विदेशको सुविधाभन्दा आफ्नै गाउँमा कृषि उद्यमबाट प्राप्त हुने सम्मान, आत्मसन्तुष्टि र आत्मनिर्भरता ठूलो हुने महसुस गरेको छु ।
फिफा विश्वकप २०२६: उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड
विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी
अचम्मको चोरीकाण्ड : आफ्नै पसलबाट २ करोडको सुन चोरेर प्रहरीसामु गरे नाटक, पर्द…
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
एक्कासी माइतीघर पुगे सुधन गुरुङ, धर्नाकारीको पीडा सुनेपछि फिल्डबाटै आइजीपील…
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
प्रतिक्रिया