धर्नामा बसेका नागरिकलाई भेट्न माइतीघर पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले काठमाडौँको माइतीघर मण्डलमा विभिन्न माग राखेर धर्नामा बसेका नागरिकलाई भेटेका छन्। 

बिहीबार सचिवालयको टोलीसहित गृहमन्त्री गुरुङ धर्नास्थलमा पुगेका हुन्। उनले धर्नामा बसेका नागरिकसँग कुराकानी गरेका छन्। 

आन्दोलनरत नागरिकको विवरण संकलन गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरूका माग सम्बोधन गर्ने गुरुङले प्रतिबद्धता जनाएका छन्।