गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन
गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को आज अवलोकन गर्नुभएको छ । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी माग्नुभयो ।
सुकुम्बासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।”
सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री गुरुङ समक्ष होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बालबालिकाको शिक्षादीक्षामा अप्ठयारो भोग्नु परेको गुनासो गरेका थिए । उनीहरुको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरको निरन्तर अद्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउना साथ तुरुन्तै समाधान गर्न निर्देशन दिनुभयो ।
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
बाख्राले दिलाएको सम्मान र सन्तुष्टि
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
प्रतिक्रिया