स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि घातक आक्रमण
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी समाचार संस्था मेहर न्युज एजेन्सी (एमएनए)का अनुसार इरानले स्ट्रेट पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको केही घण्टापछि उक्त घटना भएको हो ।
आईआरजीसी नौसेनाले जारी गरेको भनिएको वक्तव्यमा अनुमति बिना स्ट्रेट पार गर्ने प्रयास गरेपछि ती दुई जहाजलाई निशाना बनाइएको उल्लेख गरिएको छ ।
हालसम्म ती जहाज कुन देशका थिए, कसको स्वामित्वमा थिए वा जहाजमा रहेका चालकदलको अवस्था कस्तो छ भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
यसअघि इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सैन्य आक्रमणपछि क्षेत्रको सुरक्षा अवस्था बिग्रिएको भन्दै स्ट्रेट अफ होर्मुज सबै तेल ट्यांकर र व्यापारिक जहाजका लागि बन्द गरिएको घोषणा गरेको थियो । उक्त घोषणामा जलमार्ग प्रयोग गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिइएको थियो ।
जहाजमाथि आक्रमण भएको दाबी हालसम्म केवल इरानी सरकारी सञ्चारमाध्यम र इरानी सैन्य स्रोतहरूले मात्र गरेका छन् । अन्तर्र्रष्ट्रिय समुद्री सुरक्षा निकायहरू, अमेरिकी अधिकारीहरू वा अन्य स्वतन्त्र स्रोतहरूले यस घटनाको पुष्टि गरेका छैनन् ।
पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते
‘मृत्यु भइसकेकाको पनि सम्पत्ति छानबिन हुन्छ’ : आयोग अध्यक्षको चेतावनी
रास्वपाकी शरिन कोसी सभापतीमा हार्ने निश्चित, गरिन् राजनीतिक संन्यासको घोषणा
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाउ
प्रतिक्रिया