गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ३३ वर्षीय श्यामभाइ परियार रहेका छन् । पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने बा.२ झ १८७८ नम्बरको स्कर्पियो वडा नम्बर १२ दुरीखेलमा पार्किङ गरेको अवस्थामा २० जेठ मध्यराति चोरी भएको थियो । स्कर्पियो हराएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए ।
खोजीको क्रममा उक्त गाडी २२ जेठमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि स्थित रिद्दिसिद्दिमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
प्रतिक्रिया