हराएका सीमा स्तम्भ पुनः स्थापनाको काम तिब्र, अगस्टमा बैठक- परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताए । ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्त्वपूर्ण भूमिका मन्त्री खनालको विश्वास छ ।

उनले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिए । उनले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चार वटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताए ।

उनले भने ‘दुई देशबीचको समन्वय, सहकार्य र साझेदारीलाई अझै बलियो बनाउनको लागि दर्जनौँ संयन्त्रहरू रहेका छन् । यसमध्ये केही संन्त्रहरु पछिल्लो समय क्रियाशील नरहेको पनि देखिन्छ । यस्ता संयन्त्रहरूको नियमित बैठकले नेपाल भारतबीच रहेका सम्भावना र सहकार्यका विषयमा छलफल गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । नेपाल–भारतका विभिन्न क्षेत्रमा काम गर्नेगरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरूको बैठक हाल सुचारु भएका छन् । ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदै छ । हाल जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिएको जिम्मेवारीबमोजिम हराएको सीमा स्तम्भ मर्मत, पुनर्स्थापना र पुनर्निर्माण गर्ने कार्यहरू अगाडि बढेका छन् । हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ ।’

उनले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताए ।

पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ

पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ

श्रीमती हत्या आरोपी ‘नेपाली ब्रो’लाई पाँच दिन थुना अनुमति

श्रीमती हत्या आरोपी ‘नेपाली ब्रो’लाई पाँच दिन थुना अनुमति

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन -राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन -राप्रपा नेता शाही

रविलाई भीष्मराजको प्रश्न- दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण किन गरिएन ?

रविलाई भीष्मराजको प्रश्न- दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण कि…

रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे,  साम्पाङले उभिएर विरोध गरिरहे

रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, साम्पाङले उभिएर विरोध गरिरहे

हतार होइन, होस गरेर अनुसन्धान गर्नुहोस्; इगो र प्रतिशोध होइन, न्यायको राज्य स्थापना गर्नुहोस्, काण्डको पुच्छर होइन नाबी समात्नुहोस्!”

हतार होइन, होस गरेर अनुसन्धान गर्नुहोस्; इगो र प्रतिशोध होइन, न्यायको राज्य स्थ…

गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य हुँदैन

गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य हुँदैन

परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी

परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी