नेपाल घुम्ने पर्यटकको दोब्बर रकम खर्चिन्छन् विदेश जाने नेपाली
काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपालमा जति खर्च गर्छन् त्यसको दुईगुणाभन्दा बढी खर्च नेपालीले विदेश जाँदा गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विदेशी पर्यटकले नेपालमा ७४ अर्ब १८ करोड रुपैयाँ गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको तुलनामा २.२ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल घुम्न आउने पर्यटकले ७५ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपाली विदेश जाँदा देशबाट एक खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाली विदेश जाँदा बाहिरिने रकम ३.४ प्रतिशतले कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाली विदेश जाँदा एक खर्ब ८४ अर्ब २२ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।
नेपालमा घुम्न आउने पर्यटकले जति रकम नेपालमा खर्च गरेका छन् विदेश जाँदा नेपालीले त्यसको २.३९ गुणा बढी रकम खर्च गरेको देखिएको छ ।
राष्ट्रबैंकका अनुसार विदेश जाने नेपालीमध्ये अध्ययनको लागि विदेश जाने विद्यार्थीमार्फत सबैभन्दा ठूलो रकम देशबाट बाहिरिने गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै एक खर्ब २० अर्ब ५० करोड रुपैयाँ देशबाट बाहिरिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
प्रतिक्रिया