यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
सिंहदरवारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ । निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
बैठकले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए । प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।
प्रवक्ता पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको धारणा राखे ।
संसद्को अवरोधबारे प्रवक्ता पोखरेलले आवश्यक परेको अवस्थामा प्रधानमन्त्री सदनमा गएर जवाफ दिने उल्लेख गरे ।
उनले मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए ।
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
प्रतिक्रिया