प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा आज सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र संघसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न आग्रह गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले प्राथमिकता निर्धारण गरी पूर्वतयारीका काममा लाग्न सबैलाई आग्रह गरे । उनले विषयगत समितिलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गरेको खण्डमा प्रर्वतयारीका काम प्रभावकारी हुनेसमेत बताए ।
छलफलमा विषयगत क्षेत्रका लिड्स- मन्त्रालय र कोलिड्स–विभिन्न संघ संस्थाका प्रतिनिधिले आ-आफ्नो क्षेत्रमा भइरहेको पूर्वतयारीबारे जानकारी गराएका थिए ।
गृह मन्त्रालयका सहसचिव, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले विपद् जोखिम न्यूनीकरण सरकारको प्राथमिकतामा रहेकाले सोही अनुसार काम गर्नुपर्ने बताए । स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, पोषणलगायत गरी ११ वटा विषयगत क्षेत्रहरू तोकिएका छन् ।
प्राधिकरणले यसअघि विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार पारी लागू गरिसकेको छ । सोहीअनुसार नेपालमा ५१ हजार परिवारका दुई लाख २६ हजार बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ । सोहीअनुसार विषयगत समिति तयारीमा रहनुपर्नेमा जोड दिइएको कार्यकारी प्रमुख कोइरालाले बताए ।
उनका अनुसार यसपालिको मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।
हेटौँडा सिमेन्ट उद्योग अहिले चरम आर्थिक संकट, दैनिक सञ्चालन खर्चसमेत छैन
अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रतिक्रिया