रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेता किन नजाने भए ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेतृत्व भने सहभागी नहुने भएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरिएको उक्त बैठकमा कांग्रेस र एमालेले शीर्ष नेताको सट्टा अन्य प्रतिनिधि पठाउने भएका हुन् ।
कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुनेछन् भने प्रमुख सचेतक बासना थापाका अनुसार एमालेका तर्फबाट प्रमुख सचेतक ऐन महर बैठकमा उपस्थित हुनेछन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
शीर्ष नेतृत्वको अनुपस्थितिमा पनि अन्य प्रतिनिधिहरूको सहभागितासहित बैठक औपचारिक रूपमा अघि बढ्ने देखिएको छ ।
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द, ट्रम्प भन्छन्- निर्णय म गर्छु, नेतन्य…
सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
सुके पानीको ‘मूल’ बढ्यो सङ्कट
किन ट्रम्पले अन्तर्वार्ता बीचमै छोडेर हिँडे ?
पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘…
प्रतिक्रिया