फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ ।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
देशका विभिन्न भागहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । केही विद्यालय तथा विश्वविद्यालयका भवनहरूमा समेत क्षति पुगेको बताइएको छ ।
भूकम्प फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्र नजिक गएको हो । यसले संरचनात्मक क्षति तथा सम्भावित सुनामीको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा भूकम्पका कारण भवनहरूमा क्षति पुगेको तथा मानिसहरू सुरक्षित स्थानतर्फ भागिरहेको देखिन्छ । एउटा विद्यालय परिसरमा खिचिएको भिडियोमा भवन हल्लिन थालेपछि विद्यार्थी खुला मैदानतर्फ दौडिएको देख्न सकिन्छ ।
रोयटर्सका अनुसार, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले सुरुमा भूकम्पको तीव्रता ८.२ म्याग्निच्युड रहेको बताएको थियो । यसलाई पछि संशोधन गरिएको थियो । अन्य भूकम्प अनुगमन संस्थाहरूले भने ७.० देखि ७.८ म्याग्निच्युडसम्मको फरक–फरक अनुमान सार्वजनिक गरेका थिए ।
एएफपीका अनुसार भूकम्पमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा केही भवन तथा घरहरूमा क्षति पुगेको छ । उद्धार तथा क्षति मूल्यांकनको कार्य जारी छ ।
भूकम्प करिब १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । फिलिपिन्स र छिमेकी इन्डोनेसियाले सुनामीको चेतावनी जारी गरेका छन् ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले पनि प्रशान्त महासागर क्षेत्रका केही भागमा सम्भावित सुनामीको जोखिम रहेको जनाएको छ । फिलिपिनी अधिकारीहरूका अनुसार एक मिटरभन्दा अग्ला सुनामीका छालहरू आउन सक्ने सम्भावना रहेको र जोखिम केही घण्टासम्म कायम रहन सक्ने अनुमान गरिएको छ ।
पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘…
दक्षिण कोरियामा पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा हान सुङ–सुक
इजरायलको हवाई र सैन्य केन्द्रमा इरानको अक्रमण
रविले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस–एमालेका शीर्ष नेता किन नजाने भए ?
सुधन गुरुङले सफाइ पाएको भन्ने चर्चा निराधार, छानबिन प्रक्रिया अझै जारी
प्रतिक्रिया