इजरायलको हवाई र सैन्य केन्द्रमा इरानको अक्रमण
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका पछिल्ला प्रहारहरू केवल ‘चेतावनी’ मात्र भएको जनाएको छ ।
इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् ।
सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् । आईआरजीसीले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायलविरुद्ध गरिएका हालका आक्रमणहरू सम्भावित थप सैन्य कारबाहीका लागि प्रारम्भिक चेतावनी भएको जनाएको छ । उसले इजरायलले आफ्ना आक्रमण जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक ठेगानाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।
इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा आक्रमण रोक्नुपर्ने बताएका छन् । उनले भने, “यदि, इजरायलले आफ्नो सैन्य कारबाही विस्तार गर्यो वा इरानको कदमको जवाफ फर्कायो भने उसले अझ विनाशकारी र पछुताउनुपर्ने खालका आक्रमणहरूको सामना गर्नुपर्नेछ ।”
यसैबीच, इजरायली सेनाले आइतबार इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरू सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ । सामाजिक सञ्जाल ‘एक्स’मा जारी विज्ञप्तिमा इजरायली सेनाले भनेको छ, “इरानबाट हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको छ ।”
सेनाले थप क्षेप्यास्त्र प्रहारको सम्भावना रहेको उल्लेख गर्दै हवाई रक्षा प्रणालीहरू निरन्तर सक्रिय अवस्थामा रहेको जनाएको छ । इजरायली सेनाले ती खतराहरूलाई निष्क्रिय बनाउन रक्षा प्रणालीहरू सञ्चालनमा रहेको बताएको छ ।
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द, ट्रम्प भन्छन्- निर्णय म गर्छु, नेतन्य…
सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
सुके पानीको ‘मूल’ बढ्यो सङ्कट
किन ट्रम्पले अन्तर्वार्ता बीचमै छोडेर हिँडे ?
पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
प्रतिक्रिया