खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।
महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिनुभयो ।
“सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यअनुरुप हामीले रु एक लाखको औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकसहितको सेवा प्रदान गरेका हौँ”, निर्देशक साउदले भन्नुभयो, “प्राविधिक शिक्षासँगै शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।”
त्यसैगरी स्वास्थ्य शिविरमा महिला ५४ र पुरुष ३९ जनाले सेवा लिएको चिकित्सक डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँले छाला, पेट, दम, मधुमेहलगायतका बिरामीले सेवा लिएका बताउनुभयो । त्यसका साथै शिविरमा १७ महिला र २१ पुरुषले प्रयोगशाला सेवासमेत लिएका थिए ।
स्वास्थ्य शिविर उद्घाटनमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक साउद, महाकाली प्रादेशिक अस्पतालका डा अर्जुन भट्टलगायतको सहभागिता थियो ।
सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
सदनको अवरोध हटाउन रविकै भूमिका खोज्दै सभामुख, भएन पहल
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका …
ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जना पक्राउ
रविले बोलाएको सर्वदलीय बैठकले संसद्को गतिरोधमा जुटाउला सहमति ?
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
NEET UG पुनर्परीक्षासँग सम्बन्धित 'पेपर चुहावट' को दाबीको जवाफ NTA ले दियो
प्रतिक्रिया