भारतबाट फर्किएपछि परराष्ट्रमन्त्री– सीमा समस्या कूटनीतिक ढंगबाट समाधान गर्ने छलफल भएको छ

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच देखिएको सीमा विवादबारे कूटनीतिक ढंगबाट समाधान गर्नेबारे छलफल भएको जानकारी दिएका छन् ।

आइतबार भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यसबारे जानकारी गराएका हुन् ।

सीमा लगायतका दुई पक्षीय विषयमा भारत सरकारसँग आफूले छलफल गरेको उनले बताए ।

‘सीमासँग सम्बन्धित विषयलाई कूटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो,’ परराष्ट्रमन्त्री खनालले भने, ‘अहिले त्यही ढंगबाट संयन्त्रले काम गरिरहेका छन् । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भएको छ ।’

लिपुलेक हुँदै कालोपानी मानसरोवर यात्राको बाटो भारत र चीनले सहमतिसाथ खुलाएको भन्नेबारे यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाइएको उनले स्मरण गरे ।

सीमाकै हकमा पनि पछिल्लो समय दुई पक्षीय संयन्त्रको फिल्ड सर्भे टिमले काम गरिरहेको पनि उनले बताए ।

श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ

श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ

सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ

सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ

पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन

पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन

बेलायतमा पहिलो गोर्खा आर्टिलरी युनिट स्थापना, राजा चार्ल्सले गरे नेपाली सैनिकको प्रशंसा

बेलायतमा पहिलो गोर्खा आर्टिलरी युनिट स्थापना, राजा चार्ल्सले गरे नेपाली सैनिक…

नेपालबाट अवैध रूपमा भारततर्फ सुन तस्करी हुने जोखिम उच्च !

नेपालबाट अवैध रूपमा भारततर्फ सुन तस्करी हुने जोखिम उच्च !

परराष्ट्रमन्त्रीले भने- सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा भारतसँग छलफल भयो

परराष्ट्रमन्त्रीले भने- सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा भारत…

भुजेलका आफन्तजनका अनुसार 'नेपाली ब्रो' भनिने कुमार थापाले आफ्ना जेठा छोरालाई पनि कत्ति

भुजेलका आफन्तजनका अनुसार 'नेपाली ब्रो' भनिने कुमार थापाले आफ्ना जेठा छोराला…

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार