बेलायतमा पहिलो गोर्खा आर्टिलरी युनिट स्थापना, राजा चार्ल्सले गरे नेपाली सैनिकको प्रशंसा
लन्डन । बेलायती सेनाको इतिहासमा पहिलोपटक समर्पित गोर्खा आर्टिलरी युनिट स्थापना गरिएको छ। युनिट गठनको अवसरमा आयोजित विशेष परेडमा सहभागी भएका बेलायतका राजा चार्ल्स तृतीयले नेपाली गोर्खा सैनिकहरूको खुलेर प्रशंसा गरेका छन्।
विल्टशायरस्थित लार्कहिल ब्यारेक्समा आयोजित ‘फर्मेशन परेड’ निरीक्षण गर्दै राजा चार्ल्सले गोर्खा सैनिकहरूको योगदानको उच्च मूल्यांकन गरेका हुन्। उनले यो युनिटले बेलायत र नेपालबीचको लामो तथा महत्वपूर्ण सम्बन्धलाई झनै मजबुत बनाएको बताए।
परेडपछि सम्बोधन गर्दै राजा चार्ल्सले नेपाली सैनिकहरूलाई सम्बोधन गर्दै भने, “आज परेडमा तपाईंहरूलाई देखेर म अत्यन्त गर्व महसुस गरिरहेको छु। यो बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धको प्रतीक हो।”
कार्यक्रमका क्रममा राजाले सैनिक अधिकृतहरू र गोर्खा सैनिकहरूसँग भेटघाट समेत गरेका थिए।
विशेष महत्वको कुरा के छ भने बेलायतमा गोर्खा आर्टिलरी युनिट स्थापना भएको समयमै भारतीय सेनामा गोर्खा भर्ती विगत पाँच वर्षदेखि रोकिएको अवस्था छ। अग्निपथ योजनापछि भारतमा नेपाली नागरिकको गोर्खा भर्ती प्रक्रिया ठप्प छ, जसले लामो समयदेखि नेपाली युवाहरूको रोजगारी अवसरलाई असर पारिरहेको छ।
यस्तो अवस्थामा बेलायती सेनाले गोर्खा सैनिकहरूको भूमिका अझ विस्तार गर्दै पहिलो समर्पित आर्टिलरी युनिट स्थापना गर्नु नेपाल र गोर्खा समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
गोर्खा सैनिकहरूले दुई शताब्दीभन्दा लामो समयदेखि बेलायती सेनामा सेवा दिँदै आएका छन् र उनीहरूको बहादुरी विश्वभर सम्मानित मानिन्छ।
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया