बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को २९औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले बधाई तथा शुभकामना सन्देश जारी गरेका छन् ।
प्रधानमन्त्री बालेनले बिमस्टेक यस क्षेत्रको विविधता,जीवन्तता र साझा झल्काउने एक गतिलो मञ्च रहेको बताएका छन् । उनले अर्थतन्त्रको सामूहिक एकतालाई मजबुत बनाउन तथा यातायात, व्यापार र डिजिटल सञ्जाललाई विस्तार गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बिमस्टेकको दिगो शक्ति यसका जनतामा नै निहित रहेको कुरामा जोड दिँदै प्रधानमन्त्री बालेनले पर्यटन प्रवर्द्धन गर्न, युवा तथा उद्यमीहरूका लागि अवसर सिर्जना गर्न र जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न थप प्रयास आवश्यक रहेको बताएका छन् ।
साथै, उनले विपतमा र आर्थिक समृद्धको क्षेत्रमा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । परराष्ट्रमन्त्री खनालले सन् १९९७ मा स्थापना भएदेखि बिमस्टेकले हासिल गरेको निरन्तर प्रगतिको प्रशंसा गर्दै क्षेत्रीय सहयोग सुदृढ गर्न बिमस्टेक बडापत्रको महत्वमा जोड दिएका छन् ।
उनले हालसम्मका उपलब्धिहरूलाई संस्थागत गर्न, साझेदारी सुदृढ गर्न र कार्यान्वयन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक
इजरायलप्रतिको धारणा विश्वभर थप नकारात्मक बन्दै
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
प्रतिक्रिया