राससकर्मी पौडेल पुरस्कृत
काठमाडौँ, २३ जेठ : राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक प्रवर्द्धन’ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आज काठमाडौँमा आयोजित कार्यक्रममा रु १५ हजार ५५५ नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
उहाँलाई तनहुँका प्रतिनिधिसभा सदस्य इञ्जिनियर श्रीराम न्यौपाने, समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । विसं २०६३ देखि राससमा आबद्ध पौडेल एक दशकदेखि पोखरामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य न्यौपानेले मिलेनियम ट्रेकलाई नेपालको मात्र नभई विश्वकै आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो । उहाँले तनहुँको छाब्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आवको बजेटले साइकलिङ ट्रयाकका रूपमा विकास गर्न खोजेको भन्दै मिलेनियम ट्रेकलाई समेत यसमा जोड्न सकिने उल्लेख गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशका ११ जिल्लाको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन वोर्ड गण्डकी प्रदश लागेको बताउनुभयो । मिलेनियम ट्रेकको उचाई ४०० मिटरदेखि एक हजार ८०० मिटरसम्म भएकाले जोकोहीका लागि उत्कृष्ट पदमार्ग भएको उहाँको भनाइ थियो ।
ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधारको विकास, डिजिटल प्रचारप्रसार र आन्तरिक पर्यटनको विकास गर्न सकिए उक्त ट्रेकको ठूलो भविष्य रहेको बताउनुभयो । बास बस्ने ठाउँमा यथेष्ट घर नहुँदा टेन्ट राखेर पर्यटकलाई सेवा दिन सकिने उहाँको भनाइ छ ।
तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने मिलेनियम ट्रेक सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । हिमाली एवं पहाडी भूदृष्यहरू अवलोकन गर्दै बालकदेखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफा आदिको अवलोकन गर्न सकिने समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो ।
छ रात सात दिनको समयावधिमा पदयात्रा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि आकर्षक गन्तव्य हो । ३०० प्रजातिका चरा पाइने यस पदमार्गका ठाउँठाउँमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर प्रशस्त मात्रामा देख्न सकिने बताइएको छ ।
रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक
इजरायलप्रतिको धारणा विश्वभर थप नकारात्मक बन्दै
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्…
प्रतिक्रिया