हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा उठाउनुपर्ने बताएका छन् ।

विदेश भ्रमणबाट स्वदेश फर्किने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल नै मुख्य माध्यम भएको बताए ।

सञ्चारकर्मीले ‘नेपाल–भारत सीमा विवादबारे कुरा उठाउनु भएन नि ?’ भनेर सोधेको प्रश्नमा लामिछानेले यस्ता विषय हल्ला गरेर नभई आवश्यक ठाउँमा आवश्यक ढंगले उठाइने प्रतिक्रिया दिए ।

उनले भने, ‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन । गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ ।’

लामिछानेले सीमा विवादजस्ता राष्ट्रिय महत्त्वका विषय उठाउने तरिका र समय फरक हुने बताए ।

उनले पत्रकारले उठाउने विषय र जनताबाट व्यापक मत प्राप्त राजनीतिक दलले उठाउने विषय तथा शैली एउटै नहुने टिप्पणी गरे ।

लामिछानेले भने, ‘पत्रकारका रूपमा उठाउने विषय र जनताको सबैभन्दा धेरै मत पाएको पार्टीले उठाउने कुरा एकै हुँदैन । कुनै पनि कुराको एउटा चरण हुन्छ ।’

उनको भनाइमा सीमा विवादजस्ता संवेदनशील विषयमा सार्वजनिक टिप्पणीभन्दा कूटनीतिक संवाद, प्रक्रिया र चरणबद्ध पहललाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।