राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठनदेखि स्थलगत अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धी जानकारी लिइनेछ। साथै समितिको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा पनि छलफल हुने कार्यसूचीमा तय गरिएको छ।
बैठकले समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने विषयमा छलफल गर्नेछ।
त्यस्तै, समितिको कार्यक्षेत्रभित्र पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ।
विष्फोटपछि ओमानको आयल टर्मिनलमा लोडिङ रोकियो
भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसदको पद निलम्बन नहुने व्यवस्था, संसद …
प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु
सशस्त्रका १५ एसएसपीको सरुवा, ८ जनाको पदस्थापन
संसद्को त्यो एक अभिव्यक्ति, जसले भारतीय विदेश मन्त्रालयलाई 'डिफेन्सिभ मोड'मा पु…
विदेशबाट फर्किने नेपालीलाई खुसीको खबर: ६५ इन्चको टिभी, मोबाइल र ल्यापटप ल्या…
बालेनको अभिव्यक्तिले रास्वपाकै सांसद छक्क, भन्छन् : हामी ‘डिफेन्सिभ’ हुनुपर्यो
प्रतिक्रिया