इजरायल–लेबनन युद्धविराम हेजबुल्लाहले गर्यो अस्वीकार
लेबननी सशस्त्र समूह हेज्बुल्लाहले इजरायल र लेबनानबिच गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ।
यसअघि बुधबार अमेरिकाले हेज्बुल्लाहले आक्रमण बन्द गर्नुपर्ने सर्तमा इजरायल र लेबनन युद्धविराम लागु गर्न सहमत भएको बताएको थियो।
तर त्यसलाई मान्न नसकिने हेजबुल्लाहले बताएको हो।
हेजबुल्लाह प्रमुख नैम कासेमले विज्ञप्ति जारी गरी सम्झौता ‘बेकार’ र ‘लेबनानका लागि अपमानजनक’ भएको बताएका छन्।
उनले लेबननी जनताको ठुलो हिस्साले पनि सम्झौता स्वीकार नगर्ने दाबी गरेका छन्।
बिहीबार उनले भनेका छन्, ‘यस युद्धविरामअन्तर्गत हेज्बुल्लाहले गोलाबारी बन्द गर्नुपर्नेछ र इजरायली सीमा नजिकैको दक्षिणी क्षेत्रबाट आफ्ना लडाकु फिर्ता गर्नुपर्नेछ। वास्तवमा यो आत्मसमर्पण बराबर हो र यसले इजरायलको लक्ष्य पूरा हुनेछ।’
एसियन गेम्स छनोटको फाइनलः नेपालले टस जित्यो
हङकङविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
प्रतिक्रिया