२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी हिरासतमै!
ललितपुर, २१ जेठ ।
वैदेशिक रोजगारी र विभिन्न प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको आरोप लागेकी चर्चित टिकटकर तुलसी अधिकारीको थुनछेक बहस नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमै राखिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सबै वकिलहरूको बहस नसकिएपछि मुद्दालाई 'हेर्दाहेर्दै' मा राखिएको हो ।
४० जना वकिलद्वारा वकालतनामा दर्ता
अधिकारीको पक्षबाट बहस गर्न बुधबार ४० जना स्वयंसेवी वकिलहरूले वकालतनामा पेश गरेका थिए । प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूको संख्या ठूलो भएकाले बुधबार दिनभर बहस हुँदा पनि थुनछेक आदेश आउन सकेन । अदालतले मुद्दालाई 'हेर्दाहेर्दै' मा राख्दै बिहीबारका लागि निरन्तरता दिएको छ ।
२१ करोडको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा
नेपाल सरकार वादी रहेको यस मुद्दामा अधिकारीमाथि गम्भीर आरोपहरू लागेका छन्:
बिगो दाबी: ६ करोड ५२ लाख रुपैयाँ ठगी ।
सम्पत्ति शुद्धीकरण: २१ करोड रुपैयाँको स्रोत नखुलेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध ।
प्रतिवादी संख्या: कुमार चिमोरियाको जाहेरी रहेको यस मुद्दामा अधिकारी र अशोककुमार अग्रवालसहित १० जनालाई प्रतिवादी बनाइएको छ ।
चीन र थाइल्याण्ड हुँदै इन्टरपोलको सहयोगमा पक्राउ
वि.सं. २०८२ भदौदेखि फरार रहेकी अधिकारी नेपाल प्रहरीको अनुसन्धानबाट बच्न चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेपछि उनलाई गत शुक्रबार थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।
अदालतको अर्को इजलासले बहस समाप्त गरेपछि मात्र उनलाई थुनामा राखेर मुद्दा पूर्पक्ष गर्ने वा धरौटीमा छाड्ने भन्नेबारे अन्तिम निर्णय (थुनछेक आदेश) आउनेछ ।
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
प्रतिक्रिया