भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ वटा विद्युतीय (ईभी) गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७५ वटा विद्युतीय (ईभी) गाडी सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको हो।
भन्सार छलि गरिएको आशंकामा जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट गएराति ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
प्रतिक्रिया